logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेले बोलायो स्थायी कमिटी बैठक, यस्ता छन् एजेण्डा


अंकुरण खबर
1.56K
Shares

नेकपा एमालेले पार्टीको स्थायी कमिटीको बैठक बोलाएको छ ।

पार्टी बिहीबार अपरान्ह ४ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने गरी स्थायी कमिटी बोलाइएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

उनकाअनुसार बैठकका मुख्यतः पाँचवटा एजेण्डा छन् ।

बैठकमा विधान महाधिवेशन समीक्षा, ६ कात्तिकमा हुने भनिएको वडा अधिवेशन, ९ कात्तिकमा हुने भनिएको पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशन र हालै भएको अविरल वर्षका कारण भएको जनधनको क्षति सम्बन्धमा छलफल हुनेछ ।