logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घन्टामा थप ६६२ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु


अंकुरण खबर
1.417K
Shares

पछिल्लो २४ घन्टामा देशभरिमा ६६२ जना कोरोना संक्रमित थपिएका छन्।

७,०२२ जनामा गरिएको पिसिआर परीक्षणबाट ५३५ र १,४०४ जनामा गरिएको एन्टिजेन परीक्षणबाट १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अहिलेसम्म देशभरिमा पिसिआर परीक्षणबाट ८,०७,०५२ जनामा र एन्टिजेन परीक्षणबाट ९३,६९६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

मन्त्रालयका अनुसार आज ७५८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,८४,१५५ पुगेको छ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ। थपिएका सहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,३१८ पुगेको छ।

अहिले देशभरिमा ११,५७९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये १०,७७२ जना होम आइसोलेसनमा र ८०७ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्।

त्यसैगरी २७६ जनाको आईसियुमा उपचार भइरहँदा १०४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।