logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा


अंकुरण खबर
793
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको स्थायी कमिटीको बैठक बस्दै छ ।

दशैं सकिएपछि पार्टीको विभिन्न विषयमा छलफल गर्नका लागि स्थायी कमिटीको बैठक बोलाइएको हो ।

आज (बिहिबार) दउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी बैठक बोलाइएको नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टीका स्थानीय अधिवेशन, पालिका अधिवेशन लगायतका विषयमा छलफल हुने कार्यक्रम रहेको छ । स्थायी कमिटीको बैठकमा असोज १५ देखि १७ गतेसम्म आयोजना भएको पार्टीको विधान महाधिवेशनको समेत समीक्षा हुने कार्यतालिका रहेको छ ।

विधान महाधिवेशन सकिएपछि पार्टीको कुनै तहको बैठक बसेको थिएन । त्यस्तै स्थायी कमिटी बैठकमा आसन्न राष्ट्रिय महाधिवेशनका विषयमा पनि आवश्यक छलफल हुने बताइएको छ ।