logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक


अंकुरण खबर
754
Shares

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक अहिले बस्दैछ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा कोटेश्वरस्थित पेरिसडाँडामा बसेको बैठकमा पार्टीको सङ्गठन विस्तारलगायत मुलुकका समसामयिक विषयमा छलफल भएको छ।

यसअघि मंगलबार बसेको स्थायी समिति बैठकले बसेको बैठकले महाधिवेशन कार्यतालिका संशोधन गरेको थियो। बैठकले पार्टी सदस्यता नवीकरण, पालिका सम्मेलन, प्रदेश सम्मेलनलगायतको कार्यतालिका संशोधन गरेको हो।

प्रदेश नम्बर १ र बागमती प्रदेशमा सरकार परिवर्तनको तयारी भइरहेको छ।

माओवादी केन्द्रले नेतृत्व गरेको कर्णाली प्रदेशमा समेत मुख्यमन्त्री परिवर्तनको चर्चा भइरहेको बेला बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकलाई अर्थपूर्ण मानिएको छ।