logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डडेल्धुरामा एक लाख नगदसहित २२ जुवाडे पक्राउ


अंकुरण खबर
1.391K
Shares

डडेल्धुरामा २२ जना जुवाडे पक्राउ परेका छन्।

बुधबार राति जिल्लाको अमरगढी नगरपालिका– ५ जिलोडास्थित पदमराज ओझाको घरबाट तास खेलिरहेको अवस्थामा सोही नगरपालिका– ४ बस्ने ५० वर्षीय इन्द्रबहादुर थापालगायत २२ जनालाई प्रहरीले पक्राउ हो ।

ओझाको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार नौ सय ६० रुपैयाँ र चार बुक ताससहित पक्राउ गरेको जनाएको छ। उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

पक्राउ परेका अन्यको नाम भने प्रहरीले खुलाएको छैन।