logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एक करोड ५० लाख  बढीले लगाए कोरोना विरूद्धको खोप


अंकुरण खबर
845
Shares

नेपालमा एक करोड ५० लाख ५८ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

नेपालमा कोरोनाविरुद्धको खोप अभियान शुरु भएदेखि बुधबारसम्म एक करोड ५० लाख ५८ हजार ९० जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

स्वास्थ्या तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कात्तिक ३ गतेसम्म एक करोड ५० लाख ५८ हजार ९० जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । जसमध्ये ८५ लाख ६८ हजार २६२ जनाले पहिलो मात्रा र ६४ लाख ८९ हजार ८२८ जनाले पूर्ण मात्रा खोप लगाएका हुन्  ।

प्रक्षपित कुल जनसङ्ख्या तीन करोड तीन लाख ७८ हजार ५५ मध्ये २८.२ प्रतिशतले पहिलो मात्रा र २१.४ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै १८ वर्ष वा सोभन्दा माथिका एक करोड ९९ लाख २२ हजार १६४ जनसङ्ख्यामध्ये ४३.० प्रतिशतले पहिलो मात्रा र ३२.६ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् । यसैगरी १५ वर्ष वा सोभन्दा माथिका दुई करोड १७ लाख ५६ हजार ७६३ जनसङ्ख्यामध्ये ३९.४ प्रतिशतले पहिलो मात्रा र २९.८ प्रतिशतले पूर्ण मात्रा लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।