logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बागमती प्रदेशमा समाजवादी र कांग्रेसबीच आलोपालो गर्ने सहमति


अंकुरण खबर
1.066K
Shares

नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्री पद आधा–आधा कार्यकाल चलाउने सहमति गरेका छन् ।

अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको बर्हिगमनपछि समाजवादी र कांग्रेसले आलोपालो सत्ताको नेतृत्व गर्ने लिखित सहमति गरेका हुन्।

सहमती अनुसार पहिला समाजवादी पार्टी प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने छन् । १४ महिनाको बाँकी कार्यकालमा पाण्डेले सात महिनापछि राजीनामा दिने र त्यसपछि कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने सहमति भएको छ ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मत लिने प्रस्ताव दर्ता गराइसके पनि त्यसबारे छलफल अघि बढेको छैन । स्रोतका अनुसार मुख्यमन्त्री शाक्यले स्पष्ट अल्पमतमा परिसकेकाले विश्वासको मत सामना गर्नुभन्दा राजीनामा दिने तयारी गरेका छन् ।

समाजवादी पार्टी प्रदेशसभा संसदीय दलका सचेतक वसुन्धरा हुमागाईँका अनुसार बिहीबार विहान हेटौंडामा बसेको केन्द्रीय सत्तारुढ गठबन्धनको बैठकले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेको हो।