logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले स्थायी कमिटी बैठक जारी, यी हुन् एजेण्डा


अंकुरण खबर
806
Shares

नेकपा एमालेको स्थायी कमिटी बैठक बसिरहेको छ।

ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठान च्यासलमामा जारी बैठकमा पाँचवटा एजेण्डामाथि छलफल हुने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन्।

उनकाअनुसार बैठकका मुख्यतः विधान महाधिवेशन समीक्षा, ६ कात्तिकमा हुने भनिएको वडा अधिवेशन, ९ कात्तिकमा हुने भनिएको पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशन र हालै भएको अविरल वर्षका कारण भएको जनधनको क्षति सम्बन्धमा छलफल हुनेछ।