logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थप ५४५ जनामा संक्रमण पुष्टि, ८ जनाको मृत्यु


अंकुरण खबर
1.222K
Shares

पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जनसंख्या मन्त्रालयका अनुसार आज ८ हजार ५ सय ४९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । ६ हजार ५८६ जनाको पिसिआर परीक्षण र १९६३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

यस्तै, पछिल्लो २४ घण्टामा ७२६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल ११ हजार ३१५ जना सक्रिय संक्रमित छन् ।