पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २१४ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा १४७ जना, ललितपुरमा ५१ जना र भक्तपुरमा १६ जना कोरोना संक्रमित थपिएका हुन्।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर ५४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।