लगातारको वर्षाका कारण पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध भएको छ।
करिडोरको हर्मिचौर अर्बेनी सडकखण्डको गरगरेमा पहिरो गएको छ। जसले गर्दा सडक अवरुद्ध भएको नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदलले जनाएको छ।
आज पनि पहिरो खस्ने क्रम जारी रहेको छ। सेनाका अनुसार पहिरो खस्न रोकिएपछि पन्छाउने काम हुनेछ।
त्यस्तै, पहिरोले रिडी–रुद्रबेनी सडकखण्ड पनि अवरुद्ध भएको छ। रिडी रुद्रबेनी सडक खण्डको साँघुरेमा गएराति सडकमाथिबाट ठूलो पहिरो खसेको छ।