logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुन्न किन्ने ग्राहक खोज्न हिँडेका दुई जना २२ तोला सुन र १८ लाख नगदसहित पक्राउ


अंकुरण खबर
897
Shares

सुनसरीको धरानबाट स्रोत नखुलेको २२ तोला सुनको बाला र  १८ लाख नगदसहित दुई जना पक्राउ परेका छन् ।

रत्न रोडबाट धरान १५ का रामबहादुर श्रेष्ठ र धनकुटाको महालक्ष्मी नगरपालिका-२ का चन्द्रप्रसाद श्रेष्ठलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । रामबहादुरका साथबाट सुन र चन्द्र प्रसादका साथबाट नगद १८ लाख फेला पारेको धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।

सुनको बालाको तौल २२ तोला २ आना २ लाल छ । नगद १८ लाख भने जेब्रा झोला भित्र रातो ब्यागमा फेला परेको थियो । बरामद भएको सुनको ४ वटा बाला ५० ग्रामको र एउटा बाला भने ५८ ग्राम ३२० मिलिग्राम रहेको पाइएको छ ।

दुबै जना रत्न रोडस्थित न्यू सूर्य लक्ष्मी स्टोरमा सुन बिक्री गर्न खोजेर निस्किएका थिए । सोही क्रममा उक्त पसल नजिकैबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

डिएसपी कुँवरले सुन र नगदको स्रोत खुलाउन नसकेपछि उनीहरुलाई पक्राउ गरिएको बताए ।