१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१६ माछापोखरी डेरा गरी बस्ने नुवाकोट बिदुर नगरपालिका–१ घर भएका ३६ वर्षीय दिनेश विश्वकर्मालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।
दिनेशले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।