logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अवैध लागूऔषधसहित दुईजना पक्राउ


अंकुरण खबर
663
Shares

अवैध लागूऔषधसहित झापा र सुनसरीबाट दुईजना पक्राउ परेका छन्।

झापाको मेचीनगर नगरपालिका९६ स्थित मेची पुलबाट करिब ७ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थसहित दमक नगरपालिका–१९ बस्ने २६ वर्षीय खगेन्द्र नेपालीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय काकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका खगेन्द्रलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।

सुनसरीको धरान उपमहानगरपालिका–८ अटल पम्प कम्पाउन्डबाट करिब ३ ग्राम अवैध लागूऔषध खैरोहिरोइनजस्तो देखिने पदार्थ सहित सोही उपमहानगरपालिका–८ बस्ने ३५ वर्षीय बिमल भुजेल लगायत दुर्इजनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।

अस्थायी प्रहरी पोस्ट बरगाछिबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।