logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

पछिल्लो २४ घन्टामा थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु


अंकुरण खबर
988
Shares

पछिल्लो २४ घन्टामा देशभरिमा ७०८ जना कोरोना संक्रमित थपिएका छन् ।

७,२५३ जनामा गरिएको पिसिआर परीक्षणबाट ५७४ र २,१२३ जनामा गरिएको एन्टिजेन परीक्षणबाट १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म देशभरिमा पिसिआर परीक्षणबाट ८,०८,०९६ जनामा र एन्टिजेन परीक्षणबाट ९३,९०५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

मन्त्रालयका अनुसार आज ९३२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसहित अहिलेसम्म निको हुनेको संख्या ७,८५,८१३ पुगेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,३३७ पुगेको छ ।

अहिले देशभरिमा १०,९९६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । तीमध्ये १०,११६ जना होम आइसोलेसनमा र ८३० जना संस्थागत आइसोलेसनमा उपचाररत छन् ।

त्यसैगरी २७९ जनाको आईसियुमा उपचार भइरहँदा ९१ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।