logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज देशभर मौसम बदली हुने, वर्षाको सम्भावना


अंकुरण खबर
793
Shares

जल तथा मौसम विज्ञान विभागले आज देशभर आंशिकदेखि सामान्य बदली रहने र वर्षाको सम्भावना रहेको जनाएको छ।

विभाको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यसबाहेक अन्य प्रदेशका केही स्थानमा पनि मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा राति हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली भने रहेको छैन। अहिले प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

त्यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाको आकलन छ।

आगामी २४ घण्टामा देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी  प्रदेशहका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।