logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सामान्य बदली रही विभिन्न प्रदेशमा वर्षाको सम्भावना


अंकुरण खबर
871
Shares

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

देशभर आंशिकदेखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का/फाटफुट वर्षा भइरहेको छ ।

आज (आइतबार)दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । सबै प्रदेशका थोरै-थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । बागमती र प्रदेश १ का थोरै स्थानमा तथा बाँकी  प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।