logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै


अंकुरण खबर
1.261K
Shares

आजदेखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको छ।

देशभरका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई निःशुल्क भिटामिन ‘ए’ खुवाउन लागिएको हो। त्यस्तै, एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ सँगै जुका औषधि पनि खुवावाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आफूलाई पायक पर्ने खोप केन्द्र वा वडा कार्यालयमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ। आज र भोलि निःशुल्क भिटामिन ए र जुकाको औषधि खुवाइनेछ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष दुई चरणमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिँदै आएको छ। पहिलो चरणमा वैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको थियो।