Breaking Newsराजनीति

प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्म स्थगित

प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्म स्थगित भएको छ ।

प्रदेशसभा सचिवालयले आइतबार दिउँसो सूचना जारी गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र सत्तरुढ दल एमालेले मिति परिवर्तन गर्न निवेदन दिएपछि बैठक स्थगित भएको जनाएको छ ।

मुख्यमन्त्री भीम आचार्यले शुक्रबार प्रदेशसभामा पेश गरेको विश्वासको मतसमबन्धी प्रस्तावमाथि छलफल र मतविभाजन गर्ने आइतबारको बैठकको कार्यसूची रहेको थियो ।

Comment here