logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

शेयर बजार साढे २७ अङ्कले बढ्यो


अंकुरण खबर
1.794K
Shares

शेयर बजार परिसूचक नेप्से आज आइतबार बढेको छ ।

नेप्से आज २७ दशमलव ५१ अङ्कले बढेर दुई हजार पाँच सय ८४ दशमलव ५२ विन्दुमा पुगेको हो ।

आज व्यापारबाहेक सबै समूहको शेयर बढेको छ । बैंकिङ समूहको शेयर ६ अङ्कले, विकास बैंक समूहको ७२, होटलको ४३, फाइनान्सको ८९ र माइक्रोफाइनान्स समूहको शेयर ५३ अङ्कले बढेको छ ।

यस्तै जलविद्युत् समूहको शेयर ६५ अङ्कले, जीवन बीमा समूहको ६७ अङ्कले, निर्जीवन बीमा समूहको ३९, र अन्य समूहको शेयर ५५ अङ्कले बढेको छ । व्यापार समूहको शेयर भने ३२ अङ्कले घटेको छ ।

आज दुई सय २५ वटा कम्पनीको शेयर कारोबार भएको छ । आज बेस्ट फाइनान्स र रिडी हाइड्रोपावर विकास कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । मेरो फाइनान्स वित्तीय संस्थाको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज ५८ लाख १८ हजार कित्ता शेयर दुई अर्ब ७७ करोड रुपैयाँमा कारोबार भएका छन् ।