Breaking Newsसमाचार

प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बहिस्कार गर्ने न्यायाधीशहरुको घोषणा, इजलास भने नरोकिने

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक ९फुलकोर्ट० न्यायाधीशहरुले बहिस्कार गर्ने भएका छन् ।

प्रधानन्यायाधीश जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा भोलि सोमबारका लागि फुलकोर्ट बोलाएका थिए ।

तर आइतबार अपरान्ह बसेको सर्वोच्च अदालतका न्यायाधीशहरुको बैठकले सोमबार बोलाइने फुलकोर्ट बैठकमा सहभागी नहुने सहमति गरेको हो ।

असन्तुष्ट न्यायाधीशबीच सोमबार विहानैदेखि छलफलमा जुट्ने सहमति भएको एक न्यायाधीशले बताए । तर न्यायाधीशहरुले सोमबारको इजलास भने जारी राख्ने बताएका छन् ।

Comment here