logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सर्वोच्चमा फुलकोर्ट र दैनिक पेशी अन्योलमा, न्यायाधीशहरू जुटे छलफलमा


अंकुरण खबर
793
Shares

प्रधानन्यायाधीशका काम कारवाहीसम्बन्धी विवाद उत्कर्षमा रहँदा सर्वोच्च अदालतमा सोमबार बोलाइएको फुलकोर्ट बैठक र दैनिक पेशी अन्योलमा परेका छन् ।

फुलकोर्ट बहिष्कारको निर्णय गरेका सर्वोच्चका न्यायाधीशहरू छलफलमा जुटेका छन् । सर्वोच्च परिसरमा न्यायाधीशहरूको छलफल सुरु भएको स्रोतले उल्लेख गरेको छ । उनीहरूले आइतबार फुलकोर्ट बहिष्कार गर्ने निर्णय गरेका थिए ।

न्यायाधीशहरूको बहिष्कारबीच फुलकोर्ट बस्ने–नबस्ने यकिन छैन । नेपाल बारका पदाधिकारीहरूसँग छलफलपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सोमबार डेढ बजे सर्वोच्चका न्यायाधीशहरूको पूर्ण बैठक बोलाएका छन् ।

यस्तै, सोमबारका लागि तय भएको दैनिक पेशी पनि अन्योलमा परेको छ । न्यायाधीशहरू छलफलमा जुटेका कारण सोमबार इजलास बस्ने सम्भावना कम छ । सोमबारका लागि सर्वोच्चका १० वटा इजलासमा करिब दुई सय १७ थान मुद्दाको पेशी तोकिएको छ ।