प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन ।
प्रधानमन्त्री देउवाले अपरान्ह ४ बजे बस्ने गरी मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।
बैठकमा सुदूरपश्चिम र प्रदेश १ का विभिन्न क्षेत्रमा बेमौसमी वर्षाका कारण आएको बाढी, पहिरो तथा डुवानबाट प्रभावित क्षेत्रका पीडितलाई गर्नुपर्ने व्यवस्थापनबारे छलफल हुने बताइएको छ ।
बालुवाटार स्रोतका अनुसार आजको बैठकले बाढी, पहिरो पीडितलाई राहत तथा क्षतिपूर्तिका सन्दर्भमा निर्णय लिने बताइएको छ । सरकार सञ्चालनका सन्दर्भमा हुने नियमित काम कारबाहीका बारेमा पनि छलफल हुने स्रोतले बताएको छ।