logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकाबाट पठाइएको १,००६२० डोज फाइजर खोप नेपाल आइपुग्यो


अंकुरण खबर
663
Shares

अमेरिकाबाट पठाइएको १ लाख ६ सय २० डोज फाइजर खोप नेपाल आइपुगेको छ ।

अमेरिकाले नेपाललाई अनुदानमा पठाएको फाइजरको खोप सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

अमेरिकाबाट आउने खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी किशोर–किशोरीलाई लगाइने स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिए । तिहार र छठ पर्व सकिएपछि खोप कार्यक्रम शुरु हुने जनाइएको छ ।

यसअघि अमेरिकाले गत जुलाईमा १५ लाख ३० हजार डोज जोन्सन एन्ड जोन्सनको खोप पठाएको थियो ।