logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

एमालेको आग्रहपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित


अंकुरण खबर
1.079K
Shares

प्रमुख प्रतिपक्षी दल एमालेको आग्रहपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित गरिएको छ।

आफ्ना वडा र स्थानीय तहको अधिवेशनका कारण बैठकमा सहभागी हुन नसक्ने जनाएपछि आज (सोमबार) का लागि बोलाइएको बैठक स्थगित गरिएको हो।

एमाले संसदीय दलले लिखित अनुरोध गरेपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक स्थगित गरेको प्रदेशसभा सचिवालयले जनाएको छ।

अर्को बैठक कात्तिक ११ गते बिहीबारका लागि बोलाइएको छ। असोजमा पनि एमाले विधान अधिवेशनका कारण बैठक स्थगित गरिएको थियो।