logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाँचथर दुर्घटना अपडेट : घाइतेमध्ये दुई जनाको मृत्यु


अंकुरण खबर
1.027K
Shares

पाँचथरको फिदिममा बस दुर्घटनाका घाइतेमध्ये दुई जनाको ज्यान मृत्यु भएको छ ।

दुर्घटनामा परेर उपचारका लागि लाँदै गर्दा एक बालक र एक महिलाको मृत्यु भएको हो । उनीहरुको पहिचान भने नखुलेको प्रहरीले बताएको छ ।

पाँचथरको फिदिमदेखि झापाको दमकचल्ने बस निबुखोलाबाट यात्रु लिएर झापा जाने क्रममा फिदिम–४ स्थित मध्य पहाडी लोकमार्गको सगरखण्डेमा सोमबार बिहान ११ बजे दुर्घटना भएको थियो ।

४४ सिट क्षमताको उक्त बसमा ६५ यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।

घाइतेमध्ये १५ भन्दा धेरैको अवस्था चिन्ताजनक रहेको पनि उहाँले बताउनुभयो । घाइतेहरुलाई उपचारका लागि झापा र विराटनगर पठाईएको बताइएको छ ।