logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घन्टामा थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु


अंकुरण खबर
702
Shares

पछिल्लो २४ घन्टामा देशभरिमा ७७६ जना कोरोना संक्रमित थपिएका छन्।

८,२८४ जनामा गरिएको पिसिआर परीक्षणबाट ६७३ र २,५८० जनामा गरिएको एन्टिजेन परीक्षणबाट १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अहिलेसम्म देशभरिमा पिसिआर परीक्षणबाट ८,०९,७२९ जनामा र एन्टिजेन परीक्षणबाट ९४,११८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा ५०१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,८८,००८ पुगेको छ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ। थपिएका सहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,३६१ पुगेको छ।

अहिले देशभरिमा १०,३६० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये ९,६१७ जना होम आइसोलेसनमा र ७४३ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्।

त्यसैगरी २४५ जनाको आईसियुमा उपचार भइरहँदा ७४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।