वर्षाले पुर्याएको धानबालीको क्षतिबारे अध्ययन गर्न सरकारले कार्यदल गठन गरेको छ।
गृह मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यदल बनाएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्यदलमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, संघीय मामिला तथा सामान्य प्रशासनका सचिव र राष्ट्रिय योजना आयोगका सचिव सदस्य रहेका छन् ।
क्षतिको एकीन विवरण दिन तीन दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ।