logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना


अंकुरण खबर
884
Shares

जल तथा मौसम विज्ञान विभागले आज देशका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण वर्षा र हिमपातको सम्भावना रहेको छ । आज कृषिसँग सम्बन्धित काम र यात्रा तथा घुमफिर गर्दा सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा सामान्यतया बदली रहनेछ ।

आज दिउँसो देशका धेरै जसो भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको  छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको अनुमान छ ।

राति आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।