logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंको सोल्टीमोडमा रहेको गिफ्ट ट्रेनिङ सेन्टरमा आगलागी


अंकुरण खबर
1.391K
Shares

काठमाडौंको सोल्टीमोडमा रहेको गिफ्ट ट्रेनिङ सेन्टरमा आगलागी भएको छ ।

आगलागीबाट ५० लाख रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरिएको छ ।

गएराति साढे ९ बजे दीपक अर्यालले सञ्चालन गरेको गिफ्ट ट्रेनिङ सेन्टरमा आगो लागेको हो । दमकल र स्थानीयबासिन्दाको सहयोगमा सवा १० बजे आगो निभाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अुनसार विद्युत् सर्ट हुँदा आगलागी भएको हो ।