logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मंगलबार पनि सर्वोच्चका आठ इजलासमा २१६ मुद्दाको पेशी, इजलास भने अनिश्चित


अंकुरण खबर
754
Shares

मंगलबार पनि सर्वोच्च अदालतका आठवटा इजलासका लागि दुई सय १६ थान मुद्दाको पेशी तोकिएको छ । तर, इजलासहरू बस्ने(नबस्ने अनिश्चित छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विवादमा परेपछि सर्वोच्च अदालतका न्यायाधीशहरू सोमबारदेखि नै इजलासमा बसेका छैनन् । सोमबार तोकिएका दुई सय १६ वटा मुद्दाको पेशी ‘इजलास नबसेको’मा परेको थियो ।

सोमबार न्यायाधीशहरू इजलासमा बसेनन् । मंगलबार पनि इजलास बस्ने(नबस्ने निश्चित छैन ।

विवादमा परेका प्रधानन्यायाधीश जबराले बहिर्गमनको बाटो रोज्नुपर्ने न्यायाधीशहरूले निष्कर्ष निकालेका छन् । र, सोही निष्कर्ष सुनाउन उनीहरूले प्रधानन्यायाधीशसँग भेट्ने भएका छन् ।

नेपाल बार एसोसिएसन, सर्वोच्च बार मात्र होइन, पूर्वप्रधानन्यायाधीशहरू, पूर्वन्यायाधीश फोरम सबै प्रधानन्यायाधीशले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने पक्षमा उभिएका छन् ।

प्रधानन्यायाधीश जबरा भने राजीनामा दिने पक्षमा देखिएका छैनन् । यही विवादबीच सर्वोच्च अदालतको दैनिक काम कारवाही ठप्प बनेको छ ।