प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दशैभरको सात सय ५३ वटा पालिकाहरुमा मंगलबार एकसाथ अधिवेशन सुरु भएको छ ।
एमाले केन्द्रीय कार्यालयको वार रुमबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले पालिका अधिवेशनको भर्चुअल माध्यममार्फत औपचारिक उद्घाटन गरेका हुन् ।
एमाले अध्यक्ष ओलीले देशैभरका सबै पालिका र विशेष ईलाकाहरुको अधिवेशन उद्घाटन भएको उद्घोष गरेका हुन् । एमालेले आगामी मंसिर १० देखि १२ गतेसम्म दशौं राष्ट्रिय महाधिवेशन चितवनमा आयोजना गर्दैछ ।
जस अनुरुप यसअघि कात्तिक ६ गते एमालको छ हजारभन्दा बढी वडाहरुमा अधिवेशन सम्पन्न भइसकेका छन् । एमालेको देशैभरको वडा अधिवेशनमा सर्वसम्मतबाट नेतृत्व चयन भएको थियो ।
एमाले विधान अनुसार गाउँपालिका र नगरपालिका बढीमा ७५ सदस्यीय कमिटी गठन गरिने व्यवस्था छ । यसैगरी, उपमहानगरपालिकामा ८५ र महानगरमा १०१ सदस्यीय पार्टी कमिटी गठन हुने व्यवस्था छ ।