logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मुलुक अब तीन तहकै निर्वाचनतर्फ अघि बढिसकेको छ : अध्यक्ष ओली


अंकुरण खबर
728
Shares

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तीन तहकै निर्वाचनको तयारी थाल्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

मंगलबार एकैपटक ७५३ वटै स्थानीय तहमा एमालेको पालिका/इलाका अधिवेशन केन्द्रीय कार्यालयबाट जुममार्फत उद्घाटन गर्दै अध्यक्ष ओलीले अब मुलुक तीन तहकै निर्वाचनतर्फ जाने भन्दै आफ्ना नेता तथा कार्यकर्तालाई तयारी रहन निर्देशन दिएका हुन् ।

अब केन्द्रीय, प्रादेशिक र स्थानीय तहको निर्वाचन गर्ने गरी मुलुकअघि बढ्ने उनको भनाइ थियो ।

यद्यपि, मिति र समय भने अहिले नै तय भइनसकेको भन्दै उनले अब मुलुक निर्वाचनतर्फ अघि बढ्ने बताए ।

अध्यक्ष ओलीले अब एमालेलाई पूर्ण लोकतान्त्रिक पार्टी बनाउनुपर्नेमा जोड समेत दिए । उनले एमालेभित्र लामो समयसम्म अराजक र अनुशासनहीन रहेको र अहिले सो समूह बाहिरिएको आरोप लगाए ।

अब स्वस्छ प्रतिस्पर्धासहित लोकतान्त्रिक आचारण एमालेमा रहने अध्यक्ष ओलीको जिकिर थियो ।