logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा पदबाट राजीनामा दिने तयारी


अंकुरण खबर
1.235K
Shares

बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने तयारी गर्नुभएको छ ।

बुधबार अपरान्ह १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाक्यले राजीनामा दिने तयारी गरेकी हुन् ।

अपरान्ह १ बजेका लागि बैठक बोलाइएको भएपनि अझै शुरु भएको छैन । मुख्यमन्त्री शाक्यले विश्वास मतको प्रक्रियामा नजाने र राजीनामा दिने बताएकी छन् ।

आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मतमाथि उठेका प्रश्नहरुको जवाफ दिइसकेपछि राजीनामा दिन प्रदेश प्रमुखकोमा जाने उनले बताए ।