logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिरहामा माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु, पाँच जना घाइते


अंकुरण खबर
1.274K
Shares

सिरहाको धनगढीमाई नगरपालिका–५ जयपुरमा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

घर लिपपोत गर्नका लागि माटो लिन गएकी प्रकाश कामैतको ११ वर्षीय छोरी करिष्माकुमारी कामैतको खसेको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।

उनकी आमासहित पाँच जना भने घाइते भएका प्रहरीले जनाएको छ। घाइतेमध्ये दुई जनाको अवस्था भने गम्भीर रहेको छ ।