पछिल्लो २४ घन्टामा देशभरिमा ७७२ जना कोरोना संक्रमित थपिएका छन् ।
७,१६७ जनामा गरिएको पिसिआर परीक्षणबाट ५८२ र २,३२८ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज ४९० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ ।
अहिले देशभरिमा १०,३७५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकामा काठमाडौंमा १३७, ललितपुरमा ५० र भक्तपुरमा १५ जना गरी २०२ जनामा संक्रमण पुष्टि भएको छ ।