logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

असन्तुष्ट न्यायाधीशहरू बैठक बिहीबार पनि बस्ने


अंकुरण खबर
1.3K
Shares

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मार्गप्रशस्त गर्नुपर्ने भन्दै अघोषित इजलास बहिष्कार गरेका सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरू बिहीबार पनि आन्तरिक छलफलमा बस्ने भएका छन्।

बुधबार सर्वोच्च अदालतका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनका कारण शोकमा रहेकाले बुधबारको छलफल कुनै निष्कर्षमा पुग्न नसकेको न्यायाधीश हरिकृष्ण कार्कीले जानकारी दिए।

‘मंगलबार पूर्वन्यायाधीशको निधनले शोकमा रहेकाले छलफल निष्कर्षमा पुग्न सकेन। त्यसैले हामी भोलि बिहान साढे ११ बजेतिर छलफलमा बसेर नयाँ धारणा बनाउने छौं,’ उनले भने।

सर्वोच्च अदालतका १८ जना असन्तुष्ट न्यायाधीशहरूले लगातार तेस्रो दिन पनि मुद्दाको सुनुवाइ गरेनन्। मुद्दाको सुनुवाइ गर्ने बेला उनीहरू आन्तरिक छलफलमा बस्ने गरेका छन्।