logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कमजोर बन्दै गएको न्याय प्रणाली, अघोषित बहिष्कारले इजलास प्रभावित


अंकुरण खबर
2.457K
Shares

प्रधानन्यायाधीश प्रकरणलाई लिएर निरन्तर छलफलमा रहेका सर्वोच्च अदालतका न्यायाधीशहरू इजलासमा नबसेपछि बुधबार पनि मुद्दाको सुनुवाइ प्रभावित भयो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको न्यायिक आचरणमाथि सार्वजनिक रूपमा प्रश्न उठेसँगै अन्य न्यायाधीशहरू परामर्शमा छन् ।

सोमबार देखि न्यायाधीशहरू निरन्तर परामर्शमा रहँदा इजलास नबसेका हुन् । न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराको राजीनामा नै विकल्प भएको निष्कर्ष मङ्गलबार नै प्रधानन्यायाधीशसामु पु(याइसकेका छन् । तर जबराले त्यसलाई अस्वीकार गरेका छन् । विवाद बढ्दै जाँदा न्यायाधीशको बैठक दैनिकी बनेको छ भने बिनासूचना इजलास प्रभावित हुँदा सेवाग्राही मर्कामा परेका छन् । बुधबार गठन भएका ११ मध्ये प्रधानन्यायाधीश जबराको एकल इजलास मात्र बस्यो । एकल इजलासमा पाँचवटा मुद्दा पेसी तोकिएका थिए ।

जसमा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विपक्षी रहेको अवहेलना मुद्दा तामेलीमा राख्ने आदेश भयो । यस्तै सम्पत्ति शुद्धीकरणसम्बन्धी एक मुद्दा फिर्ता भएको छ ।

अन्य दुई बन्दीप्रत्यक्षीकरण र एक कालोबजारी सम्बन्धी मुद्दामा कारण देखाऊ आदेश भएको छ । सो बाहेक न्यायाधीश टङ्कबहादुर मोक्तानको एकल इजलासमा पनि मुद्दाको सुनुवाइ भएन । यस्तै प्रधानन्यायाधीश नेतृत्वकै संवैधानिक इजलासमा पनि सुनुवाइ भएन । अन्य आठ संयुक्त इजलासको सुनुवाइ पनि प्रभावित भयो । सर्वोच्चको ११ इजलासमा दुई सयभन्दा बढी मुद्दा पेसी तोकिएका थिए । गोरखापत्र दैनिकबाट।