बाग्मती प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डेको नियुक्ति हुने तयारी भइरहँदा गठबन्धनबाट नयाँ बन्ने सम्भावित मन्त्रीको नामबारे चर्चा भइरहेको छ ।
मुख्यमन्त्री मन्त्रीले विहीबार अपरान्ह शपथ लिने तयारी भएको छ भने उनले विहीबार नै केही मन्त्रीलाई समेत शपथ गराउने बताइएको छ । पाण्डे नेतृत्वको सरकारका मन्त्रीका सम्भावित नाममा नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तान,नेपाली काँग्रेसका कृष्ण भँडेल र नेकपा ९एकीकृत समाजवादी० का कृष्ण खनाल रहेका छन् ।
चर्चामा आए अनुसार माओवादी केन्द्रकी मोक्तानले आन्तरिक तथा मामिला मन्त्रालय पाउने सम्भावना छ । यो मन्त्रालय माओवादी केन्द्रले लिने सहमति बनेमा पूर्वमन्त्री शालिकराम जम्मकट्टेल नै सरकारमा सहभागी हुने पनि स्रोतको भनाइ छ ।
अर्थ मन्त्रालय कांग्रेसका भँडेलले पाउने चर्चा छ भने एकीकृत समाजवादीका खनालले सामाजिक विकास मन्त्रालय पाउने सम्भावना रहेको स्रोत बताउँछ । तर मन्त्रालय भागबन्डाका विषयमा गठबन्धनको बैठक बसिरहेकाले टुंगो भने अझै लाग्न बाँकी रहेको एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एवं बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक मुनु सिग्देलले बताए ।
यस्तै,मुख्यमन्त्रीसहित मन्त्री नियुक्तपछि विहीबार दिउँसो साढे ३ बजे शपथको तयारी छ ।
प्रदेश प्रमुखको कार्यालयले सरकारको नेतृत्वका लागि दाबी गर्न ३ बजेसम्मको समय दिइसकेकाले त्यसपछि नियुक्ति र शपथ ग्रहण गराइने तयारी छ ।
शपथको आवश्यक तयारी पुग्न नसकेकमा साढे ३ देखि अपराह्न ५ बजेभित्र बागमतीमा नयाँ सरकारका मुख्यमन्त्री तथा मन्त्रीले शपथ लिइसक्ने बताइएको छ ।