logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चार सयले बढ्यो सुनको भाउ, चाँदीको स्थिर


अंकुरण खबर
936
Shares

नेपालमा सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले उकालो लागेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार चार सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य पनि चार सय रुपैयाँले नै बढेर प्रतितोला ९१ हजार ९०० मा कारोबार भएको छ ।

त्यस्तै आज चाँदी भने प्रतितोला एक हजार २५० मा कारोबार हुने महासङ्घले जनाएको छ ।

बुधबार पनि चाँदी प्रतितोला एक हजार २५० मा नै कारोबार भएको थियो ।