logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बझाङ पहिरोः बेपत्ता १९ जना भेटिएनन, बेपत्ता सबैलाई मृत घोषणा गरिने


अंकुरण खबर
1.638K
Shares

बझाङको थलारा गाउँपालिकामा पहिरोमा परि बेपत्ता भएका १९ जना भेटिने सम्भावना न्यून हुँदै गएको छ ।

बेपत्ताको खोजी गर्न गएको प्रहरी टोली फिर्ता भएको छ ।

यही कात्तिक पहिलो साता थलारा–४ डिक्लामा पहिरोमा परि दुई परिवारका २३ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये चार जनाको मात्र शव फेला परेको छ । दुई जनाको कम्मरभन्दा मुनिको भाग मात्रै भेटिएको थियो । आठ दिनसम्म लगातार खोजी गरे पनि शव नभेटिएपछि प्रहरीले खोजी कार्य बन्द गरेको हो ।

घटना लगत्तै प्रहरी टोली हेलिकप्टरमा गएर खोजीकार्य अघि बढाएको थियो । प्रहरी नायव उपरीक्षक रुपक खड्काले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले प्रयास गरेपनि बेपत्ता व्यक्ति भेटाउन नसकेको बताए ।

जिउँदै होलान भन्ने आशा नभएको र भेटिने सम्भावना नदेखेर प्रहरी टोली फर्केको उनको भनाइ छ । आवश्यक प्रक्रिया पुर्याएर बेपत्ता सबैलाई मृत घोषणा गरिने प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए ।