logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्सेमा दोहोरो अंकको बृद्धि, ५ अर्ब ३९ करोडको कारोबार


अंकुरण खबर
1.469K
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकको बृद्धि भएको छ ।

नेप्से आज १३.०४ अंकले बढेर दुई हजार ७ सय ८२ दशमलब १६ विन्दुमा पुगेको हो । आज कारोबार रकम भने घटेर ५ अर्ब ३९ करोड ५२ लाख बराबरको कारोबार भएको छ । त्यस्तै, आज कारोबार भएका ६ वटा समूह बाहेक अन्य सबै समूह बढेका छन् ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीमा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र हिमालयन पावर पार्टनर रहेको छ । यी कम्पनीहरुको शेयरमूल्य आज सर्किट लेभलमा बढेको छ ।

त्यस्तै, आज एभरेस्ट इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य करिब ८ प्रतिशतले घटेको छ ।

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेशनल हाइड्रोपावर कम्पनीको भएको छ । यस बैंकको आज २९ भन्दा बढीको कारोबार भएको छ ।