logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा ५९१ कोरोना संक्रमित थपिँदा ६६४ संक्रमित निको भए, दुई जनाको मृत्यु


अंकुरण खबर
754
Shares

पछिल्लो २४ घण्टामा देशभर थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११  हजार ३५५ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ५९१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८४८ जनाको पीसीआर परीक्षण गर्दा ५२७  र २ हजार ५०७ जनाको एन्टीजेन परीक्षण गर्दा ६४ जनामा संक्रमण पुष्टि भएको छ ।

आज देशभर ६६४ संक्रमित निको भई डिस्चार्ज भएका छन् भने दुई जना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार हाल देशभर १० हजार २३६ जना सक्रिय संक्रमित रहेका छन् ।