logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ


अंकुरण खबर
780
Shares

लागुऔषध डाइजेपाम, फेनार्गन र नुफिनसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहार पुर्वी चम्पारण जिल्ला मोतीहारी ग्राम आदापुर-२ का २२ वर्षीय सद्दाम अन्सारी र सोहरी जिल्ला मोतीहारी ग्राम सिसवा सौनाहा -२ का १८ वर्षीय रोहान आलम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले बिहीबार विहान ४स् बजे चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले लुकाई छिपाई ल्याएको लागुऔषध डाईजेपाम ३०० एम्पुल ,फेनार्गन ३०६ एम्पुल र नुफिन ३४० एम्पुल बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।