सवारी चालक अनुमतिपत्र ९ड्राइभिङ लाइसेन्स० को आवेदन प्रणाली बन्द भएको छ ।
यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको आवेदन प्रणाली खुलेको दुई दिनमै बन्द भएको हो ।
गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरिएको आवेदन यातायात व्यवस्था विभागको अनलाइन आवेदन प्रणाली सोमबार रातिबाट खुलेको थियो ।
नियमित रुपमा फारम भर्न सकिने भनिए पनि प्रणाली बन्द भएको भन्दै सेवाग्राहीले दुखेसो पोखेका छन् । प्राविधिक कारणले प्रणाली बन्द भएको विभागले बताएको छ ।
विभागले लाइसेन्स कार्यालयहरुको कोटा निर्धारण गरेर दैनिक रुपमै आवेदन लिदै आएको थियो । त्यसअनुसार अहिले फारम भरेकाहरुले २०७९ को असारसम्मको ‘एपोइन्मेन्ट’ मिति पाएका छन् ।