logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री देउवा आज बेलायत भ्रमणमा जाँदै


अंकुरण खबर
819
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलायत भ्रमणमा जाँदैछन् ।

यही १२ देखि २६ कात्तिकसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६औँ सम्मेलनमा भाग लिन प्रधानमन्त्री देउवा २० सदस्यीय टोली सहित आज बेलाएत जान लागेका हुन् ।

भ्रमण टोलीमा वन तथा वातावरणमन्त्री रामसहाय यादव, वन तथा वातावरण सचिव पेमनारायण कँडेल,अर्थ सचिव मधुकुमार मरासिनी, ऊर्जा सचिव देवेन्द्र कार्की, गृह सचिव टेकनारायण पाण्डे,परराष्ट्र सचिव भरतराज पौड्याल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी लगाएत २० जना रहेका छन् ।

कात्तिक १७ गते नेपाल फर्कने प्रधानमन्त्रीले त्यहाँ रहदा नोभेम्बर १ मा कोप–२६ को औपचारिक उद्घाटनमा सहभागी हुनेछन् भने नोभेम्बर १ को साँझ बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले विश्वका राष्ट्र र सरकार प्रमुखहरूका लागि आयोजना गरेका रिसेप्सनमा सहभागी हुनेछन् ।

प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो विदेश भ्रमण हो ।