logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानन्यायाधीशविरुद्ध देशभर आन्दोलन गर्ने बारको तयारी


अंकुरण खबर
1.014K
Shares

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेको नेपाल बार एसोसिएसन देशभर आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ ।

त्यसका लागि बारले आज शुक्रबार बिहान ११ बजे बैठक डाकेको छ । बैठकबाट आन्दोलनका कार्यक्रम तय हुने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।

नेपाल बारले यसअघि नै प्रधानन्यायाधीशलाई राजीनामा दिन आह्वान गरेको थियो । तर, जबराले बिहीबार साँझ प्राइम टाइम टिभीमलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘मेरो बहिर्गमन विधि र प्रक्रिया पनि संविधानले निर्धारण गरेको छ । त्यसअनुसार जान मलाई मञ्जुर छ। तर, सडकबाट आवाज उठ्दैमा राजीनामा दिँदैन ।’

जबराले राजीनामा नदिएपछि अब बारले देशभरका ९० वटा बार इकाईमार्फत आन्दोलन घोषणा गर्नेछ ।