logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

७४ वर्षमाथिका नागरिकलाई निमोनियाविरुद्धको खोप


अंकुरण खबर
702
Shares

ललितपुर महानगरपालिकाभित्र ७४ वर्षमाथिका नागरिकलाई निमोनियाविरुद्धको खोप दिने भएको छ।

सो उमेरका व्यक्तिलाई चिसोबाट जोगाउन उक्त खोप दिन लागिएको हो। चौहत्तर वर्ष उमेरका व्यक्तिलाई आगामी आइतबारदेखि बुधबारसम्म पहिलो चरणको सो खोप दिइने भएको महानगरपालिकाका सामान्य प्रशासन महाशाखा प्रमुख सागर थापाले बताए ।

उमेर खुल्ने परिचयपत्र साथमा लिएर बिहान ११ देखि ४ बजेसम्म आ–आफ्नो वडाको खोप केन्द्रमा आउन थापाले आग्रह गरे ।

पहिलो दिन सो खोप सात वडा अर्थात् १ देखि ५ हुँदै २८ र २९ मा दिइने थापाले जानकारी दिए ।

यसैगरी सोमबार ललितपुरको आठवटा वडा अर्थात् ६ देखि १३ का ज्येष्ठ नागरिकलाई दिनाका साथै मङ्गलबार सात वडा अर्थात् १४ देखि २० र अन्तिम दिन बुधबार सात वडा अर्थात् २१ देखि २७ का नागरिकलाई दिइने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

ललितपुरका २९ वडामा चार दिन सो खोप चल्ने भएको छ।