logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपति भण्डारी शनिबार ढोरपाटन जाने


अंकुरण खबर
871
Shares

राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार बागलुङको ढोरपाटन जाने भएकी छन् ।

राष्ट्रपति अवलोकन भ्रमणका लागि शनिबार दिउँसो ढोरपाटन जाने भएकी हुन् । राष्ट्रपति भण्डारी शनिबार ढोरपान जान लागेको बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले पुष्टी गरेका छन् । त्यसका त्यहाँको सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको उनले बताए ।

प्रजिअ कार्कीका अनुसार केही समय ढोरपाटन क्षेत्रको अवलोकन गरेर राष्ट्रपति भण्डारी शनिबार नै काठमाडौं फर्कनेछन्। राष्ट्रपतिको भ्रमण तालिकाबारे विस्तृत जानकारी नआइपुगेको उनले बताए।

राष्ट्रपति आउने भएपछि प्रजिअको नेतृत्वमा सुरक्षा निकायका प्रमुखलगायत सरकारी निकायका पदाधिकारी ढोरपाटन पुगेका छन् ।