logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा एमाले केन्द्रीय कमिटी बैठक जारी, महाधिवेशन तयारीलगायत विषयमा छलफल हुँदै


अंकुरण खबर
1.183K
Shares

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक जारी छ ।

ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको भएपनि झण्डै डेढ घण्टा ढिला गरी बैठक शुरू भएको हो ।

बैठकमा बिहीबार स्थायी कमिटीले गरेका निर्णय अनुमोदन गर्ने कार्य तालिका रहेको बताइएको छ । पार्टीको महाधिवेशनमा आउने प्रतिनिधिबारे बिहीबारको स्थायी कमिटीमा छलफल गरेको थियो ।

एमालेले मंसिर १० देखि १२ सम्म चितवनमा महाधिवेशन गर्दैछ । महाधिवेशनमा एक हजार पाँच सय ३६ जना महाधिवेशन प्रतिनिधि सहभागि हुनेछन्।

केन्द्रीय कमिटी बैठकमा महाधिवेशन तयारीलगायत विषयमा समेत छलफल हुने नेताहरूले बताएका छन् ।